काठमाडौं १३ माघ । सरकारले गौतम बुद्धको जन्मस्थलका बारेमा विभिन्न देशमा भ्रम देखिएको भन्दै त्यसलाई चिर्न कूटनीतिक पहल सुरु गरेको छ । नेपालले ती देशका पाठ्यपुस्तक, अन्तर्राष्ट्रिय गोष्ठी, औपचारिक र अनौपचारिक छलफलमा भ्रम देखिएको भन्दै त्यसलाई निवारण गर्न कूटनीतिक पहल थालेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत अमेरिका, जापान, चीन, थाइल्यान्ड, नेदरल्यान्ड, श्रीलंका र भारतलाई पत्राचार गरी पहिलोपटक त्यसबारे औपचारिक जानकारी गराउन लागेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले बुद्धका बारेमा विश्व परिवेशमा देखिएका भ्रम र अनर्गल प्रचार चिर्न कूटनीतिक पहल सुरु गरिएको जानकारी दिए । अन्नपूर्णपोष्टले छापेको छ ।
