१३ माघ, काठमाडौं । बुधबार राति जाँदा सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर ४.४ रेक्टर स्केलको परकम्प गएको छ ।
भूकम्प को पराकम्पन राति ८ बजेर ४२ मिनेटमा पराकम्प गएको हो ।  विनाशकारी गोरखा भूकम्प गएको १० महिना पुगिसक्दासमेत परकम्प जाने क्रम रोकिएको छैन ।
‘गोरखा भूकम्प’पछि चार रिक्टर र त्यसमाथिका ४२८ परकम्प गइसकेका छन् ।
यसअघि बुधबार बिहान सिरहा जिल्लालाई केन्द्रबिन्दु बनाएर ४.२ रेक्टर स्केलको नयाँ भूकम्प गएको खानी तथा भूगर्व विभाग राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । रासस
-स्रोत :online खबर