बुहारी #एक_ दमै _मन_# चुनि लाईन हरु सबै जना ले एक चोती अबश्य पढ्नु होला
जब एक युबती विवाह गरेर पराइ घर जान्छे तब ऊ बुहारी बन्दछे | भर्खर जन्मेको बच्चा र बुहारी मा केही फरक हुँदैन किनकी बच्चालाई हामीले जस्तो सस्कार दियो उस्तै बन्दछ ,बुहारिलाई पनि हामीले जस्तो व्यबहार गर्दछौ उस्तै बन्दछन | माया सम्मान दिन्छौ भने बदलामा इज्जत सम्मान पाउछौ अपमान यातना तथा अभद्र व्यबहार गर्दछौ भने घ्रिडा पाउदछौ |भाउजु बुहारी लाई दिदी बहिनी तथा छोरीलाई भन्दा बढी माया दिनुपर्दछ किनकी उनिहरुलाई पराइपनको महसुस नहोस् |श्रीमानले श्रीमतिलाई यती धेरै माया दिनु पर्दछकी श्रीमानको मायाबाट मख्ख भएर श्रीमतिले घरपरिवारका ब्यक्तिले गरेको अभद्र व्यबहारलाई बेवास्ता गर्न सकोस |"उखान नै छ श्रीमती प्यारो भए ससुराली प्यारो हुन्छ :त्यस्तै हो, छोरीले गल्ती गरे ढाक छोप गरिन्छ बुहारी ले गल्ती गरे प्रेमले सिकाउनुको सट्टा समाजमा कुरा काट्दै हिड्दछन |हाम्रो कतिपय स्वभाब सस्कार नमिलेका कारण सम्बन्धमा मनमुटाब हुन सक्छ त्यसमा घरपरिवारका ब्यक्तिहरुले छोरी सम्झेर सिकाउनु पर्दछ |प्राय गरी नारीको अपमान नारीले नै गर्दछन कतिपय सासु नन्द आमजु भन्जिहरुले आफु पनि एक नारी बनेर अरुको भावनालाई बुझ्दैनन र कतिपय श्रीमानहरु यस्ता पनि हुन्छन परिवारका कुरा सुनेर श्रीमतिलाई यातना दिने गर्दछन | यसो गर्दा श्रीमति टाढा हुने गर्दछन मेरा घरपरिवारका सदस्यहरु सहि छन उनिहरुबाट गल्ती हुँदैन भन्ने मुर्खता पुरुषहरुले कहिलेइ गर्नु हुँदैन उनिहरुको गल्तिलाई पुरुसले नै देखाउनु पर्दछ किनकी दाजुभाइ वा छोराले पिटेको पनि सहन्छन् बुहारी ले सानो कुरा पनि भनेमा तिलको पहाड बनाइ झै झगडा गरी दश बर्ष सम्म मनमा लिएर बस्छन |हाम्रो समाजमा प्रायजसो सम्बन्ध बिच्छेद घरपरिवारका ब्यक्तिहरुको कारणबाट हुने गरेको पाइएको छ | कतिपय घरपरिवारका ब्यक्तिहरुले बुहारीलाई पराइ व्यबहार गरी पटक पटक दिएको यातनाले एक्दिन सच्चिकै बुहारी पराइ बन्दछे हामी बुहारीले पनि घर परिवारका ब्यक्तिहरुलाई राम्रो वा नराम्रो जस्तो कर्म गर्दछौ त्यही अनुसारको नराम्रो नै फल भोग्नु पर्ने हुन्छ | भाउजु बुहारी लाई माया अनी सम्मान दिइ उनिहरुको नजरमा हामीपनी सम्मानित होऔ ||
प्रिय फेसबूक साथीहरुको लागि >
सम्पूर्ण फेसबूक दाजुभाइ दिदिबहिनीहरुमा म बन्दना छेत्रीको तर्फबाट नमस्कार तथा आत्मिय माया |
हजुरहरु मेरो साथी बनी लेखलाई मन पराइ दिनुभएकोमा सबैजनालाई धन्यवाद
प्रिय फेसबूक साथीहरुको लागि >
सम्पूर्ण फेसबूक दाजुभाइ दिदिबहिनीहरुमा म बन्दना छेत्रीको तर्फबाट नमस्कार तथा आत्मिय माया |
हजुरहरु मेरो साथी बनी लेखलाई मन पराइ दिनुभएकोमा सबैजनालाई धन्यवाद

