खोकी निको पार्ने अति सजिलो प्राकृतिक घरेलु उपचार पद्धती जसका निम्ती दुईवटा घरेलु सामग्री भए पुग्ने ।
मह र प्याजको समिश्रण लामो समय देखी खोकी रोकथामका लागि प्रयोग हुँदै आइरहेको छ ।
राम्रो पक्ष के हो भने यी दुबै सामग्रीहरु सजिलै र बर्ष भरीनै उपलब्ध हुन्छ । अझै भन्ने हो भने यी सामग्री हामी सबैजनाको भान्सामा प्राय उपलब्ध रहन्छ ।
घरेलु ओखतीको विशेषता भनेको के हो भने यो बजारमा पाइने अंग्रेजी औषधी जस्तो बनाबटी रङ र सुगन्धले भरिएको हुँदैन । घरेलु ओखतीको अर्को विशेषता भनेको यसले कुनै प्रकारको साइड इफेक्ट पनि गर्दैन । घरेलु ओखती बजारमा उपलब्ध अंग्रेजी औषधी जस्तो आकर्षक देखिदैन तर यसको प्रयोग गर्नाले रोगलाई निदान गर्न रामबाणको काम गर्छ ।
मह र प्याज खोकी उपचारका लागि एक अचुक घरेलु ओखतीको रुपमा सावित भैसकेको छ ।
आवश्यक सामग्रीहरु:
- एउटा प्याज
- २(३ चम्चा शुद्ध मह
- एउटा कचौरा
तयार पार्ने बिधि:
एउटा स्वस्थ्य प्याज लिनुहोस् । यसको बोक्रालाई अलग्याउनुहोस् र यसलाई सफा पानीले धुनुहोस् । अव यो प्याजलाई मसिनोगरि काट्नुहोस् ।
काटेको प्याजलाई एउटा कचौरामा राख्नुहोस् र त्यसमा मह खन्याउनुहोस् । अव यो मीश्रणलाई प्लास्टिकले पूर्ण तरिकाले छोप्नुहोस् र यसलाई कोठामा एक रात सम्म त्यसै छोडिदिनुहोस् ।
बिहानपख मीश्रणलाई चम्चाले चलाउनुहोस् । यो ओखती एक दिनका लागि प्रसस्त हुन्छ ।
प्रत्येक दुई घण्टामा एक चम्चा ओखती खानुहोस् । ओखती सेवन गर्न थालेको केही क्षण पछि नै तपाईले सँचो महशुस गर्नुहुनेछ । यो प्राकृतिक घरेलु ओखतीले तपाईलाई सासफेर्न सजिलो र रुघाखोकीका कारण जम्मा भएको खकार तथा कफ समेत बाहिर निकाल्न सहोग गर्नेछ ।

